दफा १४
अनियमित ठहर गर्न वा रद्द गर्न सक्ने
(१) दफा १३ को उपदफा (१) बमोजिम निरीक्षण गर्दा वा गराउँदा संविधान, यो ऐन र अन्य प्रचलित कानून तथा आयोगले समय समयमा तोकेको कार्यविधि र शर्त पूरा नगरी कुनै कर्मचारीलाई नियुक्ति, बढुवा वा विभागीय कारबाही गरेको पाइएमा आयोगले त्यस्तो नियुक्ति, बढुवा वा विभागीय कारबाहीलाई अनियमित ठहर गर्न सक्नेछ ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगद्वारा प्रत्यायोजित अधिकार बमोजिम नियुक्त हुने पदमा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम निर्धारित प्रक्रिया र शर्त पूरा नगरी कुनै व्यक्तिलाई नियुक्ति गरेको पाइएमा आयोगले त्यस्तो नियुक्तिलाई जुनसुकै बखत रद्द गर्न सक्नेछ ।
(३) आयोगको विज्ञापन बमोजिमको परीक्षामा उम्मेदवार हुन कुनै व्यक्तिले पेश गरेको कुनै विवरण झुट्टा वा गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त वा परीक्षा वा अन्तर्वार्ता वा नियुक्तिको सिफारिस रद्द गर्न सक्नेछ र निजले नियुक्ति पाइसकेको भए प्रचलित कानून बमोजिम आवश्यक कारबाही चलाउन सम्बन्धित निकायमा सिफारिस पठाउन सक्नेछ ।
(४) दफा १३ को उपदफा (२) बमोजिम अनुगमन गर्दा वा गराउँदा सामान्य सिद्धान्तको सम्बन्धमा आयोगको परामर्श अनुरुप गरेको नपाइएमा आयोगले सम्बन्धित निकायलाई त्यस्तो काम कारबाही सच्याउने वा रद्द गर्ने आदेश दिन सक्नेछ ।